माधव नेपाल पक्षको आरोप-ओली पक्षले देशव्यापी पार्टी कार्यालयहरु कब्जा गर्‍यो – Nepal Press

माधव नेपाल पक्षको आरोप-ओली पक्षले देशव्यापी पार्टी कार्यालयहरु कब्जा गर्‍यो

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले चाँडो केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने भएको छ ।

नयाँबानेश्वरको अर्याल इन्टरनेशनल होटलमा बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरुको भेलाले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन माग गरेको छ ।

बैठकमा संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आपत्ति जनाएको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य झपट रावलले भने– देशव्यापी रुपमा पार्टी कार्यालयहरु कब्जा गर्ने, गुण्डागर्दी गर्ने र उडन्ते तथा म्यादी पदाधिकारीहरुको बाेर्ड राख्ने कुराको कसरी प्रतिवाद गर्ने भनेर छलफल भएको छ । छिटोभन्दा छिटो बैठक बोलाउनुपर्छ भन्ने कुरा हाम्रो हो ।

बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुले अबको रणनीतिबारे धारणा राखेका छन् । एमाले ब्युँतिएको चार पाँच दिन भइसक्दा पनि अध्यक्ष ओलीले संवाद नगरेको विषयमा पनि नेताहरुले आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर