मुख्यमन्त्री गुरुङको चेतावनी- एमालेमा फर्केर फेरि ओलीसँग झगडा गर्ने सपना नदेखे हुन्छ – Nepal Press

मुख्यमन्त्री गुरुङको चेतावनी- एमालेमा फर्केर फेरि ओलीसँग झगडा गर्ने सपना नदेखे हुन्छ

ओलीलाई कसैले पराजित गर्न सक्दैन, बादलहरूले नैतिकताको राजनीति देखाए

पोखरा । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने भनेर माधव नेपालहरु एमालेमा आएको हो भने त्यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।

पोखरा महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको दाबी गरे । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेकोमा आपत्ति जनाए ।

गुरुङले भने, ‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु ।’

मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सात मध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने दावी गरे । उनले माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके उनीहरुलाई अप्ठेरो पर्ने चेतावनी समेत दिए ।

गुरुङले भने, ‘पूर्व प्रधानन्यायाधीशहरू, पूर्व प्रमुख निर्वाचन आयुक्तहरू, विभिन्न पार्टी, नागरिक समाजको नामका गेरुबस्त्र धारण गर्नेहरू सबैले केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेकै हुन् । यी सबैको सामना गरेर हामी अघि बढ्यौं, अहिलेको राजनीतिमा ओलीलाई पराजित गर्ने कुनै नेता छैन ।

अर्को प्रसंगमा गुरुङले रामबहादुर थापा ‘बादल’ लगायतका माओवादी नेताहरूले सांसद पद गए पनि ओलीलाई नछाड्ने भनेर इमान, विचार र नैतिकताको राजनीति प्रदर्शन गरेको बताए ।

उनले हिजो प्रचण्डसँग लागेर फर्किने एमालेहरूभन्दा ओलीसँग लागेर एमालेमै बस्ने माओवादीहरूमा नैतिकताको राजनीति देखिएको टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री गुरुङको चेतावनी- एमालेमा फर्केर फेरि ओलीसँग झगडा गर्ने सपना नदेखे हुन्छ

  1. सहि विचारकाे स्वागत गर्दै धन्यबाद साथी

Leave a Reply to DhaneshwarSubedi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर