नेपालमा जाम्बियाको वाणिज्य दूतावास स्थापना – Nepal Press

नेपालमा जाम्बियाको वाणिज्य दूतावास स्थापना

काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ ।

जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेत लाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका सभापतिसमेत हुन् ।

दूतावासले व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायतमा  द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर