झलनाथले भनेः हाम्रो पार्टीको सरकार दुई वर्ष टिकाउँछौं – Nepal Press

झलनाथले भनेः हाम्रो पार्टीको सरकार दुई वर्ष टिकाउँछौं

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका छन् । उनले अब आफ्नो पार्टी एमाले सरकार जोगाउने प्रयासमा लाग्ने प्रतिक्रिया दिए ।

बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खनालले भने, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’
यो सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

खनालले वामपन्थि एकताका लागि अझै पनि प्रयास गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर