संसद बैठक: माओवादी केन्द्रका सांसद सत्तापक्षकै फरक लहरमा – Nepal Press

संसद बैठक: माओवादी केन्द्रका सांसद सत्तापक्षकै फरक लहरमा

काठमाडौं । संसदबाट पुन :स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सकिएकाे छ ।
अदालतको फैसलाले सत्तारुढ दल नेकपालाई खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादीका सांसदहरू सत्तापक्षकै फरक-फरक ‘रो’ मा बसे।
२०७४ सालको चुनावपछि बनेको संसदमा एमाले र माओवादी केन्द्र अलग नै थिए ।तर, दुई पार्टी एकता भएर नेकपा निर्माण भएपछि संसदभित्र उनीहरु एउटै पार्टीगत वर्णानुक्रम अनुसार एउटै ‘रो’ मा बस्न थाले ।
अहिले फेरि पार्टी विभाजन भएको छ । तर, माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता लिएको छैन । त्यसैले सो पार्टीका सांसदहरु पनि सत्तापक्षकै रोमा बसेका छन् । यद्यपि, पहिलेको भन्दा नेताहरुको आसन फेरिएको छ ।
माओवादी केन्द्रका सांसदहरु सत्तापक्षमै  बसेका भएपनि एमालेको र उनीहरुको रो फरक  बनाइएकाे हाे । माओवादीका अध्यक्ष प्रचण्ड लगायत प्रमूख नेताहरु बैठकमा  उपस्थित भएनन् ।  त्यसैले सत्तापक्षको दुबै लहरमा अग्रपंतिका कुर्सीहरु खाली थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर