देउवाले भने- कम्युनिष्टको विश्वास हुन्न, प्रधानमन्त्री होइन सभापति नै बन्नेतिरै मेरो ध्यान छ – Nepal Press

देउवाले भने- कम्युनिष्टको विश्वास हुन्न, प्रधानमन्त्री होइन सभापति नै बन्नेतिरै मेरो ध्यान छ

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् ।

आफूलाई भेट्न बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेको प्रष्ट पारे ।

भेटका सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्‍ट) हरूको विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो,महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो ।

देउवाले अहिले अविश्वास प्रस्तावतिर जाने कुरा पनि गरेनन् । भेटका सहभागीका अनुसार अहिले प्रधानमन्त्री भएपनि एक महिनापछि फेरि अविश्वास प्रस्ताव, विश्वासको मत नदिने जस्ता समस्या आउने भन्दै त्यता रुची नभएको बताएका थिए ।

देउवालाई मंगलबारमात्र माओवादी अध्यक्ष प्रचण्डले भेटेर केपी ओली हटाउने अभियानमा साथ दिन आग्रह गरेका थिए । बुधवारको भेटमा पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी थिए ।


प्रतिक्रिया

One thought on “देउवाले भने- कम्युनिष्टको विश्वास हुन्न, प्रधानमन्त्री होइन सभापति नै बन्नेतिरै मेरो ध्यान छ

  1. फेरी सभापती भए । के काग्रेश बलीयो हुन्छ ? यही प्रश्नले चिन्तीत छन महासमीति र काग्रेश सुभचिन्तक ।। जय नेपाल बिश्राम गर्ने की ? बिमलदाई लाई अगाडी सार्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर