श्री कुमारीको जितमा आशिषको दुई गोल – Nepal Press

श्री कुमारीको जितमा आशिषको दुई गोल

काठमाडौं । आशिष राईको दुई गोलप्रेरित श्री कुमारी क्लबले मंगलबार शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई ४-० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा सन्तोस कुमार सिंहले गरेको गोलसँगै श्री कुमारीले अग्रता लिएको थियो । श्री कुमारीका लागि विवेक पुनले २४औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

टुसाको रक्षापंक्तिमाथि हाबी बनेको श्री कुमारीका लागि पहिलो हाफको अन्तिम मिनेटमा आशिषले गोल गर्दै अग्रता ३-० मा लम्ब्याएका थिए । आशिषले ६७औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै श्री कुमारीले ४-० को सहज जित सुनिश्चित गर्‍यो ।

जितसँगै ११ खेलबाट १४ अंक जोडेको श्री कुमारी लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको टुसाल १०औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर