कुपोषणबाट बच्ने विषयमा छलफल – Nepal Press

कुपोषणबाट बच्ने विषयमा छलफल

काठमाडौं । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले यस वर्षको महिला दिवस आफ्ना कर्मचारी तथा आयोजनाको लाभग्राही महिला सदस्यहरु सँग भव्यताका साथ मनाएको छ ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजनाले प्रदेश २ मा नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा लैंगिक समानताको महत्व, राष्ट्र निर्माणमा महिलाहरुको भूमिका तथा कार्य स्थलमा थप महिला कर्मचारी मैत्री बनाउने सम्बन्धमा छलफल गरिएको थियो ।

नारी दिवसको अवसरमा आयोजनाले खाद्य सुरक्षा तथा खाद्य अधिकारका बारेमा आयोजनाको कर्मचारी तथा आफ्ना लाभग्राही सदस्यहरुलाई अभिमुखीकरण समेत गरेको छ ।

यस अवसरमा आयोजनाले आफ्ना महिला कर्मचारीहरुको भूमिकाको कदर गर्दै सम्पूर्ण महिला कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।

नारी दिवसकै दिनबाट आफ्ना सम्पूर्ण महिला कर्मचारीहरुलाई आजोनाका सबै कार्यालयबाट आयोजना आवधिभरि प्रत्येक महिना निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने आयोजनाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत ज्वाला नेपालले जानकारी दिए ।

यस कार्यले आयोजनामा कार्यरत महिला कर्मचारीहरुको मनोबल उच्च राख्न मद्धत गर्ने र अन्य कार्यालयको तुलनामा महिला कर्मचारी मैत्री रहेको समेत बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्रगतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आयोजना लागु भएका प्रदेश १ प्रदेश २ र बागमती प्रदेशका १६ वटा जिल्लाहरुमा दुध, माछा, सुगन्धित जडिबुटी, हरियो तरकारी र बाख्राको आपूर्ति शृंखला प्रवर्धनको कार्य गर्नुका साथै कृषि उद्धम केन्द्रको क्षमता अभिवृद्धि गर्ने छ ।

३० हजार युवाहरुलाइ मर्यादित रोजगारी सहितको शीपमूलक तालिम तथा औद्योगिक प्रशिक्षण प्रदान गर्ने, लैंगिक सिकाई पद्दतिद्वारा उच्च जोखिममा रहेका प्रदेश २ का महिलाहरुलाई सामाजिक सल्लाह र आर्थिक अवसर प्रदान गने छ ।

त्यस्तै, बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष मार्फत सूचना, परामर्श र अभिमुखिकरण प्रदान गर्नुका साथै ग्रमिक क्षेत्रका सहकारीहरुको क्षमता अभिवृद्धि गर्दै ६० हजार जनालाई वित्तीय शिक्षा एवं व्यावसायिक ज्ञान तालिम प्रदान आयोजनाले गर्ने छ । थोक कर्जा उपलब्ध गराउने लक्ष्य समेत रहेको छ ।

आयोजना नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष बिच सम्झौता भई १० डिसेम्बर सन् २०१५ मा ७ वर्षका लागि कार्यान्वयनमा आएको हो । आयोजनाको व्यवस्थापन कार्यालय प्रदेश १ को ईटहरी, सुनसरीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर