प्रसारण विभागका नवनियुक्त महानिर्देशकलाई केबल व्यवसायी महासंघको बधाई तथा शुभकामना – Nepal Press

प्रसारण विभागका नवनियुक्त महानिर्देशकलाई केबल व्यवसायी महासंघको बधाई तथा शुभकामना

काठमाडौं । सूचना तथा प्रसारण विभागका नवनियुक्त महानिर्देशक गोगनबहादुर हमाललाई नेपाल केबल व्यवसायी महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

महासंघका अध्यक्ष ध्रुव शर्मा र महासचिव मनोज गुरुङले मंगलबार कार्यकक्षमै भेटेर नवनियुक्त महानिर्देशक हमाललाई शुभकामना दिएका हुन् ।

बधाई तथा शुभकामना दिने क्रममा व्यवसायीको तर्फबाट अध्यक्ष शर्माले आफ्ना समस्या राखेका थिए । भेटमा केबल टेलिभिजनको अवैध प्रसारण रोक्नका आग्रह गरेको अध्यक्ष शर्माले बताए ।

हमालले व्यवसायीको समस्या समाधान गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर