माओवादी ब्यूँतिएपछि : प्रचण्ड ‘भित्र’, माधव–झलनाथ ‘बाहिर’ – Nepal Press

माओवादी ब्यूँतिएपछि : प्रचण्ड ‘भित्र’, माधव–झलनाथ ‘बाहिर’

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहँदा पार्टी अध्यक्षका रुपमा भने माधवकुमार नेपालको नाम प्लेट टाँगिएको थियो ।

सर्वोच्च अदालतबाट बदर भएको नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष नेपाल मंगलबार साँझै पेरिसडाँडाबाट बिदा भएर एमालेतिर लागे पनि उनको नाम प्लेट र कार्यकक्ष भने यथावत छ ।

यद्यपी माधव नेपाल पक्षका नियुक्त भएका कार्यालय सचिव गंगालाल तुलाधर र उपसचिव मोहन गौतम भने बुधवार माओवादी केन्द्रको बैठक शुरु हुनुअघि पेरिसडाँडाबाट औपचारिक बिदाबारी लिएर हिँडेका थिए ।

पेरिसडाँडामा माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेताका नाम प्लेट र कार्यकक्ष भने यथावत राखिएको छ । जबकि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठको नाम प्लेट अदालतको फैसला आएकै दिन हटाइएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर