ओली पक्षमा रहेका माओवादी नेताहरूसँग एमाले शीर्ष नेतृत्वको बैठक – Nepal Press

ओली पक्षमा रहेका माओवादी नेताहरूसँग एमाले शीर्ष नेतृत्वको बैठक

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल परामर्शमा

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेता तथा मन्त्रीहरुसँग पार्टी एकतामै रहने गरी छलफल अघि बढाएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग छलफल चलिरहेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला आएकै दिन प्रधानमन्त्रीले ती नेताहरुसँग छलफल गर्दा उनीहरुले ओलीको साथ नछाड्ने बताएका थिए । स्थायी कमिटी सदस्य तथा मन्त्री मणि थापाले नेपाल प्रेससँग कुरा गर्दै अब आफूहरू माओवादी केन्द्रमा नफर्कने बताए ।

माओवादी केन्द्रबाट एमालेमा समाहित हुँदा सांसदहरुमाथि प्रचण्डले कारवाही गरे कानुनी अवस्था के हुनसक्छ भन्नेबारेमा पनि छलफल चलिरहेको छ । माओवादी नेताहरुले भने सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइरहेका छन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद टोपवहादुर रायमाझी, प्रभु साह,लेखराज भट्ट र गौरीशंकर चौधरी छन् । विभिन्न प्रदेशससभाका सदस्यहरु पनि ओली पक्षमा लागेका छन् ।

राजनीतिक, कानुनी परामर्श र एमालेमा समाहित हुँदाको संगठन तथा पदीय समायोजनबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर