भर्खर त खेल सुरु भयो, कांग्रेसले हतार नगरी खेल्छ– महामन्त्री खड्का – Nepal Press

भर्खर त खेल सुरु भयो, कांग्रेसले हतार नगरी खेल्छ– महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा भर्खरै नयाँ खेल सुरु भएकोले कांग्रेसले हतार नगरी खेल्नुपर्ने बताएछन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै महामन्त्री खड्काले मुलुकले कांग्रेसबाट परिपक्व र साहसी निर्णय अपेक्षा गरेको उल्लेख गरेका छन् ।

‘अहिले नै सरकारमा जाने वा बाहिर बस्ने बहसमा प्रवेश गर्न जरुरी छैन । हतार गर्नुहुँदैन, उपयुक्त समयको प्रतीक्षा गर्नुपर्छ,’ खड्काले भनेका छन् । विगत ३ महिनाको अनुभवले पनि कांग्रेसलाई हतारमा निर्णय नलिन अनुभव प्रदान गरेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर