अकोराबको चुनावमा एमाले फुटेरै लड्ने, प्रचण्ड-माधव पक्षको एकल प्यानल – Nepal Press

अकोराबको चुनावमा एमाले फुटेरै लड्ने, प्रचण्ड-माधव पक्षको एकल प्यानल

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र आ-आफ्नो बाटो लागे पनि एमाले आबद्ध पत्रकार भने मंगलवाार हुने सामुदायिक रेडियो प्रसारक संघको चुनावमा अलग अलग प्यानलबाट लड्ने भएका छन् ।

ओली पक्षीय प्रेस संगठनले कांग्रेस सहितका संगठनसँग मिलेर चुनावी तालमेल गरेपछि प्रचण्ड–माधव पक्षीय प्रेस संगठन एक्लै चुनावी मैदानमा उत्रिएको छ । तालमेल प्रयास असफल भएपछि वर्तमान अध्यक्ष सुवास खतिवडालाई नै निरन्तरता दिदै अन्य उम्मेदवार घोषाण गरेको छ । सो पक्षबाट बसिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा,महासचिवमा अर्जुन राई, सचिवमा रमेश गौतम र कोषाध्यक्षमा लक्ष्मण खड्का उम्मेदवार तय भएको प्रचण्ड माधव पक्षीय प्रेस संगठनका सहसंयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।

सो समूहले सबै पदमा उम्मेदवारी दिएको छैन । केन्द्रीय सदस्यमा शिवकुमार काशी र वागमती प्रदेश अध्यक्षमा मा सुनिल खड्का, प्रदेश नम्बर २ मा अच्युत पौडेल,कर्णालीमा धु्रब बुढाथोकी र सुदूरपश्चिममा कर्ण चन्दको उम्मेदवारी तय भएको छ ।
बाँकी पदहरुको उम्मेदवार मंगलवार कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर