यो नेकपाको अन्तिम बैठक हुन सक्छः नारायणकाजी श्रेष्ठ (भिडियाे) – Nepal Press

यो नेकपाको अन्तिम बैठक हुन सक्छः नारायणकाजी श्रेष्ठ (भिडियाे)

काठमाडौं । सर्वोच्चद्वारा पुनर्स्थापित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज बसेको प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक अन्तिम हुनसक्ने बताएका छन् । स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि त्यसलाई कार्यान्वयन गरिने निर्णय भएको जानकारी दिए ।

अदालतको फैसलाप्रति बैठकमा गम्भीर असहमति प्रकट भएको भन्दै उनले यसको राजनीतिक प्रतिवाद गरिने बताए । आगामी दिनमा कम्युनिष्ट पार्टी वा वामपन्थी एकताको प्रयास अघि बढाउने उनको भनाइ छ । के आजको स्थायी समिति बैठक नेकपाको अन्तिम हो ? भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले भने, ‘यसप्रकारको बैठक अन्तिम हुन सक्छ । नयाँ निर्णय भयो भने बेग्लै कुरा हो ।’

‘हामीले जे उद्देश्य राखेर एकता गरेका थियौं, त्यो सही थियो भन्ने समीक्षा भएको छ’ श्रेष्ठले भने, ‘अब पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्रमा ल्याउने पहललाई जारी राख्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर