पेरिसडाँडामा छलफल- एकता जोगाउने सम्भावना ओली र प्रचण्डले खोज्नु राम्रो (भिडियो) – Nepal Press

पेरिसडाँडामा छलफल- एकता जोगाउने सम्भावना ओली र प्रचण्डले खोज्नु राम्रो (भिडियो)

काठमाडौं । प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्नुपर्ने छलफल भएको छ ।

पेरिसडाँडामा बसिरहेको बैठकबाट भर्खरै बाहिरिएका नेता रघुजी पन्तले सञ्चारकर्मीसँग भने ‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं । मैले पनि त्यही कुरा गरें । अदालतको फैसला आएको छ एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’

‘मूलत: पार्टी एकता जुन ढंगबाट अघि बढेको थियो त्यसलाई जोगाएर जान सकिन्छ भने सम्भावना खोजौं भन्ने नै भयो’, पन्तले भने ।

सर्वोच्चको हिजो जुन फैसला आयो अब नयाँ ढंगबाट सोच्नुपर्ने नेताहरूले बताएका छन् । बैठक अहिले पनि जारी छ ।

 


प्रतिक्रिया

2 thoughts on “पेरिसडाँडामा छलफल- एकता जोगाउने सम्भावना ओली र प्रचण्डले खोज्नु राम्रो (भिडियो)

Leave a Reply to Rajan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर