प्रचण्डपुत्रीले लेखिन्ः केपी ओलीको चाहना पूरा भयो – Nepal Press

प्रचण्डपुत्रीले लेखिन्ः केपी ओलीको चाहना पूरा भयो

काठमाडाैं । सर्वोच्चबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी छन् ।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा  कार्यरत छिन् ।

 


प्रतिक्रिया

One thought on “प्रचण्डपुत्रीले लेखिन्ः केपी ओलीको चाहना पूरा भयो

  1. चतुरेको चतुर्याइँ धेरै भयो भने के हुन्छ: त्येशको सही उदाहरण !!
    धेरै बाठा सुप्रिमो र लड्डु लालहरुको कर्मको फल आज कस्तो आइपुग्यो !? छोट्टा बुद्धी, छोट्टा चाल !!
    राजनीति आफ्नु हैसियतको गर्ने हो, बिदेशी इसारा देशको लागि कत्ति घातक छ !! देखेउ !? हेर्दै जाउ !! एउटा कुरा के सहि हो भने, हिजोको जस्तो धम्की, र जब्बर जस्ति र दलालको एक छत्र शासन अब चल्दैन !!
    अर्को कुरा जे जस्ता प्रसङ्ग र सब्द ओकलेर गालि गर्ने गरिएको छ त्यो कुण्ठा र मनको बह पोखेको मात्र हो, त्यो नगर्दा राम्रो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर