मेयर ११ विरुद्ध आर्मीले फिल्डिङ रोज्यो – Nepal Press

मेयर ११ विरुद्ध आर्मीले फिल्डिङ रोज्यो

काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा विभागीय टोली त्रिभुवन आर्मी क्बले मेयर-११ विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा आर्मीका कप्तान विनोद भण्डारीले फिल्डिङ रोजेका हुन् ।

पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको आर्मी आजको खेलमा पहिलो जित निकाल्न चाहन्छ । आइतबार भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको काठमाडौं मेयर ११ लगातार दोस्रो जितको खोजीमा छ ।

प्रतियोगितामा तीन विभागीयसँगै एक प्रादेशिक र एक महानगरपालिका गरी कूल पाँच टोली सहभागी छन् । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *