सार्वजनिक अवसरहरुमा महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ– राष्ट्रपति – Nepal Press

सार्वजनिक अवसरहरुमा महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ– राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समाना पूरा गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरुमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था भएअनुसार हरेक सार्वजनिक निकायमा महिलाहरुको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो औंल्याएकी छन् ।

‘महिला र पुरुषका बीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज र राज्यका सबै निकायहरु अग्रसर हुन आवश्यक छ । लैंगिक समानता प्राप्तिको अभियानमा जनसंख्याको आधा हिस्सा ओगट्ने पुरुषको सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ,’ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस ‘महिला सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आज देशभर मनाइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर