प्रचण्डको चेतावनी-जबर्जस्ती गर्न खोजिए राम्रो हुँदैन (भिडियो) – Nepal Press

प्रचण्डको चेतावनी-जबर्जस्ती गर्न खोजिए राम्रो हुँदैन (भिडियो)

काठमाडौं । सर्वोच्च अदालतको फैसला बमोजिम पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जबर्जस्ती निर्वाचन आयोगबाट एमाले र माओवादी केन्द्र दर्ता गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तले यसअघि नै एमाले र माओवादी केन्द्र दर्ता भइसकेकोले अब सर्वोच्चको फैसला कार्यान्वयनमा जाने भनी दिएको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै प्रचण्डले राम्रो नहुने चेतावनी दिएका हुन् ।

सर्वोच्चको फैसला लगत्तै कानून व्यवसायीहरुसँग सिंहदरबारमा छलफल गरेका प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको आएको बताए । उनले भोलि स्थायी कमिटी बैठक बसेर पार्टीको थप धारणा सार्वजनिक गरिने समेत प्रष्ट पारे ।

कानून व्यवसायीले प्रचण्डलाई न्यायिक पुनरावलोकनमा जान सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर