प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मलाई स्थगित – Nepal Press

प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मलाई स्थगित

काठमाडाैं । पुनर्स्थापित संसदको पहिलो दिनको बैठक विपक्षीकाे अवरोधका बीच सकिएको छ।

आजै दोस्रो बैठक बस्ने भनिए पनि सूचना टाँस गरेर बैठक बुधबार १ बजेसम्मलाई स्थगित गरिएको हो।

बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेश गर्न खोजिएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, पुनर्स्थापित नेकपा (माओवादी केन्द्र) र पुनर्स्थापित नेकपा (एमाले)को माधव नेपाल पक्षले बैठक बहिष्कार गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर