माधव नेपालको टिप्पणी- केपी ओलीले खोसेर मेरो अध्यक्ष खोसिन्न – Nepal Press

माधव नेपालको टिप्पणी- केपी ओलीले खोसेर मेरो अध्यक्ष खोसिन्न

पूर्वमाओवादीले समर्थन फिर्ता लिए सरकार रहन्‍न

काठमाडौं । पुन:स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको आयु सकिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकको बहिष्कार गरी संसद भवनबाट बाहिरिएका नेता नेपालले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको बताए । उनले ७६ (१) को सरकार नै रहेन । अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार नभएको बताए ।

एमालेबाट अब तपाईं कता जानुहुन्छ त भन्‍ने प्रश्नमा ? नेपालले भने, ‘नेकपा बनाउने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर