नयाँबस्तीविरुद्ध श्री कुमारीको नाटकीय जित – Nepal Press

नयाँबस्तीविरुद्ध श्री कुमारीको नाटकीय जित

काठमाडौं । आशिष राईको दुई गोलप्रेरित श्री कुमारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार नयाँबस्ती युवा क्लबलाई ४-३ को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा आशिषले गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाएका थिए । विवेक गुरुङले २१औं मिनेटमा गरेको गोलसँगै नयाँबस्तीले बराबरी गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा साजन राईले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा १-२ ले पछि परेको श्री भगवतीका लागि ५८औं मिनेटमा पम्बा योल्मुले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

विवेक पुनले ७२औं मिनेटमा गरेको गोलसँगै श्री भगवतीले ३-२ को अग्रता लिएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै श्री भगवतीको अग्रता ४-२ मा लम्ब्याएका थिए ।

इन्जुरी समयमा सुमन राईले नयाँबस्तीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसँगै श्री कुमारी क्लब १० खेलबाट ११ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको नयाँबस्ती छैठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *