कारोबारको पहिलो दिन २१ अंकले घट्यो नेप्से – Nepal Press

कारोबारको पहिलो दिन २१ अंकले घट्यो नेप्से

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव ५८ अंकले घटेकोे छ । आज भएको कारोबारमा २४८५.१० विन्दुमा रोकिएको छ । गत विहीबार ९० अंकले बढेको नेप्से आज भने घट्न पुगेको हो ।

आज १ करोड १७ लाख ७८ हजार ८२० कित्ताको किनबेचमा ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचरको शेयर कारोबार भएको छ । नीफ्राको ४२ करोडको कारोबार भएको छ । आज चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर