एपीएफविरुद्ध दिपेन्द्रसिंह ऐरीको शतक – Nepal Press

एपीएफविरुद्ध दिपेन्द्रसिंह ऐरीको शतक

काठमाडौं । दिपेन्द्रसिंह ऐरीले मेयर कपमा जारी एपीएफ क्लबविरुद्धको खेलमा नेपाल पुलिस क्लबका लागि शतक शनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर टस जितेको पुलिसका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले १२० बलमा १०० रन पूरा गरेका हुन् ।

नेपाल पुलिस क्लबका लागि १२० बलको सामना गरेका दिपेन्द्रले ८ चौका र दुई छक्का प्रहार गरिसकेका छन् । ४७.२ ओभरको समाप्तीमा पुलिस २१७/६ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

पुलिसका लागि ओपनर कुशल भूर्तेलले १०, अनिल साहले १८, सुनिल धमलाले ३३, पवन सर्राफले ३५, कप्तान मन्जित श्रेष्ठले ३ तथा अमित श्रेष्ठले १ रनको जोडेका थिए ।

अहिले क्रिजमा दिपेन्द्र १०५ र दिलिप नाथ १ रन बनाएर खेलिरहेका छन् । एपीएफका लागि कप्तान शरद भेसावकरले ३ तथा अमरसिंह रौतेला र अविनाश बोहराले १/१ विकेट लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *