नारायणगढ-मुग्लिन सडक आजदेखि एक साता दिउँसोमा बन्द हुने – Nepal Press

नारायणगढ-मुग्लिन सडक आजदेखि एक साता दिउँसोमा बन्द हुने

रासस । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि एक हप्ता दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिइन् । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताइन्।

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिइन् । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।

उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ-मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नसक्नेहरुलाइ धैर्य गरी लेन अनुशासनसहित ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर