प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने – Nepal Press

प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे अस्पतालको खोप केन्द्रमा पुगेर उनले खोप लगाउने कार्यक्रम तय भएको छ ।

७० वर्ष पुगेका प्रधानमन्त्री ओली कोरोनाको संवेदनशील समूहमा पर्छन् । भोलि नेपालमा दोस्रो चरणको खोप कार्यक्रम सुरु हुँदैछ । दोस्रो चरणको पहिलो दिन ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर