आर्मी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पालाई – Nepal Press

आर्मी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पालाई

काठमाडौ । यसपटकको आर्मी म्याराथनमा महिला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले हात पारेकी छन् ।

शनिबार भएको हाफ म्याराथनमा पुस्पाले निर्धारित दुरी (२१ किलोमिटर) १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनलेे ट्रफी,नगत ७५ हजार र स्कुटी जितेकी छन् ।

पुष्पाले यसपटक लगातार दोस्रो पटक महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । उनी काठमाडौमा भएको साग गेमको महिला म्याराथन उपविजेता हुन भने बंगलादेशमा भएको दक्षिण एशियाली महिला म्याराथन प्रतियोगिताको विजेता हुन् ।

यस्तै आर्मीकी विश्वरूपा बुढा १ घण्टा २० मिनेट ९ सेकेन्डमा निर्धारित दुरी पूरा गरि दोस्रो भएकी छन् भने सशस्त्रकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पूरा गरी तेस्रो भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *