प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो) – Nepal Press

प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो)

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसलगायतका दलहरूसँग मिलेर अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

आफूपक्षीय सांसदहरूको बैठकबाट दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले ओलीपक्ष बाहेकका अन्य दलहरूसँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया एक/दुई दिनभित्रै शुरू हुने बताए ।

प्रचण्डले भने, ‘केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि र देशको लागि पनि सहज हुन्छ । दिनु भएन भने संविधान अनुसार हामी संसदबाटै समाधान खोज्छौं । उहाँले त्यही बाटो (अविश्वास प्रस्ताव) जान बाध्य पार्नुभयो, अब हामी जान्छौं ।’

प्रचण्डले आफूलाई करिब ११५ जना सांसदको समर्थन रहेको बताए । उनले ओली पक्षमा लागेका सांसदहरूलाई पनि आफूतिर आउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर