सुनको मूल्य लगातार घट्दै, दुई दिनमा १९ सयले गिरावट – Nepal Press

सुनको मूल्य लगातार घट्दै, दुई दिनमा १९ सयले गिरावट

काठमाडौं । केही समयदेखि सुनको मूल्य नेपाली बजारमा लगातार घटेको छ । शुक्रबार पनि सुन तोलामा ९ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आउँदै १ हजार २५० रपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोलामा एक हजारले गिरावट आएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि मूल्य घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर