नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र – Nepal Press

नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ’

काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि संवादमा जुटिरहेका छन् भने दुवै पक्षका विशेषगरि पूर्व एमालेका सांसदहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन नदिन नेकपाबाटै सरकारको नेतृत्वको पक्षमा लबिङ गरिरहेका छन् ।

विहीवार दिनभर सिंहदरवारभित्र बाहिर नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेता तथा सांसदहरु नेकपाकै नेतृत्वको सरकारको लबिङमा जुटिरहेका बेला दोस्रो तहका प्रभावशाली नेता योगेश भट्टराई भने गृहजिल्ला ताप्लेजुङमा थिए ।

दोभानबजारको आगलागी पीडितलाई राहत तथा उद्दारमा जुटेका भट्टराईले पार्टी एकताको पक्षमा निर्णायक पहल लिन नेताहरुलाई आग्रह गरिरहेका छन् । भट्टराईले पार्टीलाई औपचारिक विभाजनबाट रोक्ने सूत्र समेत नेतृत्वलाई सुझाएका छन् ।

नेकपा विभाजन रोक्ने के हो त योगेशको सूत्र ? नेपालप्रेससँग उनले बुँदागत रुपमा आफ्नो सूत्र सुनाए । भट्टराईले मुख्य नेतृत्वले इगो नराख्ने हो भने अझै पनि पार्टी एकता सम्भव रहेको र नेकपा बाहिरबाट प्रधानमन्त्री खोज्नुपर्ने अवस्था नरहेको बताए ।

भट्टराईले भने–केही पहल नभएका होइनन् तर प्रधानमन्त्रीसँग नजिक रहेका निर्णायक तहका नेताहरुले गम्भीर पहल गर्नुभयो भने यो सफल हुनसक्छ । विप्लवसँगको वार्ता सफलतासँगै प्रधानमन्त्रीले नेकपाकै नेतृत्वमा सरकार बन्ने र पार्टी पनि जोगिनेगरि ‘स्टेटम्यानशीप’ देखाउनुभयो भने मुलुक,जनता र पार्टी सबैको हितमा हुन्छ ।

के हुन् त योगेशले देखेका नेकपा विभाजन रोक्ने सूत्र ?

१. प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर,नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२. इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने
३. केपी ओली,प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने । (यसअघि ओलीकै प्रस्ताव थियो माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने)
४. नत्र, झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालन बाहेक नीतिगत नेतृत्व गर्ने ।
५. महासचिवको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने,अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।
६. महासचिव नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।
७. प्रदेश सरकारहरुको पुनर्गठन गर्ने,संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व हुने ।
८. स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।

योगेशको सूत्र प्रचण्ड-माधव पक्ष र ओली पक्षले ग्रहण गर्ला ? यदि नेकपाको कानुनी विभाजन रोक्ने हो भने यो सूत्रबाट अघि बढ्नुको विकल्प नरहेको उनी बताउछन् । त्यसका लागि उनले महासचिव बिष्णु पौडेलको भूमिका निर्णायक हुने देखेका छन् ।

नेकपाको बहुमतको सरकार ढालेर कांग्रेस वा अन्य दलका नेतलाई प्रधानमन्त्री बनाउँदा भोलि जनतामा कुन मुख लिएर जाने ? नेकपाका सांसदहरुबीच यहि कोणबाट छलफल चलिरहेको छ । दुई दिनअघि जनार्दन शर्माले पनि सचिवालय भन्दा बाहिर रहेका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलका लागि आह्वान गरेका थिए ।

एकता बचाउन सकिने विकल्पमा छलफल भइरहेको छ । महासचिव पौडेल बुटवलबाट फर्केपछि एकपटक निर्णायक पहल हुनसक्ने नेताहरु बताउछन् ।


प्रतिक्रिया

13 thoughts on “नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

  1. खालि राजिनामा ! राजिनामा !! राजिनामा !!! मात्रै आउछ त आदरणीय योगेश कमरेड ! यहि सरकारको नेतृत्वमा पार्टी अघि बढाउँदा राम्रो होला । त्यसको लागि बहुमतको घमण्ड छोड्नु पर्यो । बहुमतको राजनीति महाधिवेशनबाट निर्वाचित नेतृत्वले मात्रै गरेको सान्दर्भिक होला, नेकपाको वर्तमान नेतृत्व महाधिवेशनबाट चुनिएको होइन । यसको दुइ काम मात्र छन् :
    1. पार्टी एकताका बाँकी काम समयमा सम्पन्न गर्ने र
    2. पार्टीको एकताको प्रथम राष्टिय महाधिवेशन गरि नेतृत्वको चयन गर्ने, बास ।
    तर नेतृत्व लिन चाहने नेताहरु विधि र प्रकृयाबाट नेतृत्व लिनुको बदला बहुमतको घमण्डमा लाग्नले सहिदका वलिदानी त्याग र इमानदार कार्यकर्ताको पसिनाबाट निर्मित जनताको पार्टी विभाजन जस्तो घृणित र घातक क्षति ब्यहोर्नु पर्ने दु:खद अवस्था सृजना भएको छ । समय घर्कि सकेको छैन । भोलिको सुनिश्चित भविश्यको लागि बहुमतको दम्भ त्यागौं ।

    1. सही कुरा हो जनताले नेकपालाई दिएको मतको सम्मान गर्नुहोस् । तपाईलाई दिएको मत आफ्नो आश्थाको सरकार वनाउन हो नकि अरुलाई सरकनर वनाउन । यदि अरुलाई नै वनाउनु छ भने भोलि नेकपालाई किन भोट दिने?

      1. बल्ल घैटोमा घाम लाग्दै रहेछ कम्रेड हरुको , हैन आफ्नै सरकार लाई ढालेर काङ्रेसलाई सरकार बनाउन दिदा कार्य कर्ताले त्यस्तो नेतालाई कसरि बिस्तारै छोडने रहेछन भन्ने महसुस हुन थालेछ , गल्ती महसुस गर्नु पाउनु पर्छ र क्षेमा दिनु पर्छ भन्ने मेरो मान्यता र सबै कार्यकर्ताले कुनै नेतालाई उचाल्न हुदैन र नेताले पनि उचालिन हुदैन।

    1. सही कुरा । यो केन्द्रीय कमिटीलाई प्रथम अध्यक्ष हटाउने जस्तो संरचना नै परिवर्तन गर्ने निर्णय लिने अधिकार छैन । केन्द्रीय सदस्यको मताधिकार लिन महाधिवेशनबाट म्याण्डेट लिन जरुरी छ । बलजफ्ती कुरा आयो योगेशजीको ।

    2. अभियोग- पत्र(कथित दस्तावेज) फिर्ता र केपी ,प्रचण्ड ,माधव ,झलनाथ र बामदेव बाहेकको लाई प्रम र अध्यक्ष मात्र विकल्प

  2. प्रतिगामी कदम चालेका ओलिको राजिनामा सहित पार्टिमा माफी माग्नुपर्छ। अनिमात्र योगेस दाईको भनाई मिल्नसक्छ । ओलिले पार्टिलाई यो हाल-बेहाल बनाए यस्को जिम्मा ओलिले लिनै पर्छ । नत्र ओलि मुक्त नेकपा बनाउने अभियानमा लाग्नुनै पार्टी, देश र जनताको लागि उत्तम हुनेछ । नत्र ओलिले फेरि नेकपा को हालत यस्तै बनाउनेछन, प्रचण्ड-माधव नेताहरु छिट्टै भावुक नहुनुहोला । केपि ओलि कहिल्यै पनि प्रचण्ड-माधव प्रती सकारात्मक छैनन। केपि ओलिले सकेभने प्रचण्ड-माधव लाई फसाउने नै हुन, उनको यो नियत घाम झै छर्लंग छ । पहिलोपटक प्रधानमन्त्री प्रचण्डले ओलिलाई बनाउदा पनि भित्रभित्रै प्रचण्ड फसाउने षड्यन्त्रमै लागेका हुन अनि बाध्य भएर प्रचण्ड ले ओलिलाई सत्ताबाट निकाल्नुपरेको हो । अहिलेपनी केपि ओलिले कुनै सम्झौता मानेनन, उल्टो प्रचण्ड-माधवलाई फसाउन लागे, केपि ओलिको नियत ठिक छैन, उनलाई अब प्रचन्ड-माधवले बिश्वास गर्ने कुनै आधार छैन । ओलिले चोथाले बोली बोलेर जित्ने, सपना बाड्ने काम नगर्ने, आफ्नै ओरिपरिका भ्रष्टहरुको संरक्षण गर्ने गर्दा नेकपाको छवि जनतामा खस्किएको छ । ओलिलाई भ्रष्टहरुको नाईके को रुपमा जनताले बुझेकाछन । यी कुराहरुबाट केपि ओलिबाट कसरी बिस्वस्त हुन सकिन्छ पहिले त्यो ग्यारेन्टी भएमा मात्र ओलि सहित सहकार्य, एकता संभव छ नत्र ओलि मुक्त नेकपाको अभियान नै अहिलेको बिकल्प हो ।

  3. खालि राजिनामा ! राजिनामा !! राजिनामा !!! मात्रै आउछ त आदरणीय योगेश कमरेड ! यहि सरकारको नेतृत्वमा पार्टी अघि बढाउँदा राम्रो होला । त्यसको लागि बहुमतको घमण्ड छोड्नु पर्यो । बहुमतको राजनीति महाधिवेशनबाट निर्वाचित नेतृत्वले मात्रै गरेको सान्दर्भिक होला, नेकपाको वर्तमान नेतृत्व महाधिवेशनबाट चुनिएको होइन । यसको दुइ काम मात्र छन् :
    1. पार्टी एकताका बाँकी काम समयमा सम्पन्न गर्ने र
    2. पार्टीको एकताको प्रथम राष्टिय महाधिवेशन गरि नेतृत्वको चयन गर्ने, बास ।
    तर नेतृत्व लिन चाहने नेताहरु विधि र प्रकृयाबाट नेतृत्व लिनुको बदला बहुमतको घमण्डमा लाग्नले सहिदका वलिदानी त्याग र इमानदार कार्यकर्ताको पसिनाबाट निर्मित जनताको पार्टी विभाजन जस्तो घृणित र घातक क्षति ब्यहोर्नु पर्ने दु:खद अवस्था सृजना भएको छ । समय घर्कि सकेको छैन । भोलिको सुनिश्चित भविश्यको लागि बहुमतको दम्भ त्यागौं ।CP नन्दकुमार राई

  4. ढिलै भए पनि योगेश कमरेड को बिचार सहि लाग्यो। पार्टी एक बनाउने सन्दर्भ मा जनार्दन शर्मा र योगेश भट्टराई दुबै कमरेड ले अगाडि बढाउनु भएका टिप्स लाई दुबै खेमा का सिर्ष नेता हरुबिच बिचार विमर्श गरि अगाडि बढ्नु बुद्धिमानि हुनेछ।

    1. कमरेड याेगेशकाे सुत्र ठिक छ अाफ्नै बहुतकाे सरकार हटाएर फेरि चुनावमा के मुखले भाेट माग्न जाने त्यसकारण सबै सम्मानित नेताहरुले हठ त्यागेर पार्टीको एकता बचाउनतिर लाग्नु पर्याे।

  5. तपाइका सबै बुदा ठिक लाग्यो तर एउटा बुंदा प्रचण्ड कम्रेडलाइ प्रधानमन्त्री बनाउने भन्ने कुरामा म पुर्ब एमाले हालको नेकपाको कार्यकर्ताको एउटा प्रश्न छ तपाइ मेरो पृय कम्रेडलाइ । हामिले जनतासङ भोट माग्दा भाबी प्रधानमन्त्री क. के. पि. ओलि भनेर सुर्य चिन्हमा भोट माग्ने अनि हसियाहथौदाको चिन्हमा बिजय भएका क. प्रचण्डलाई प्रधानमन्त्री बनाउदा अघिल्लो चुनाबमा कुन मुख लिएर भोट माग्न जाने कम्रेड?

  6. तपाइका सबै बुदा ठिक लाग्यो तर एउटा बुंदा प्रचण्ड कम्रेडलाइ प्रधानमन्त्री बनाउने भन्ने कुरामा म पुर्ब एमाले हालको नेकपाको कार्यकर्ताको एउटा प्रश्न छ तपाइ मेरो पृय कम्रेडलाइ । हामिले जनतासङ भोट माग्दा भाबी प्रधानमन्त्री क. के. पि. ओलि भनेर सुर्य चिन्हमा भोट माग्ने अनि हसियाहथौदाको चिन्हमा बिजय भएका क. प्रचण्डलाई प्रधानमन्त्री बनाउदा अघिल्लो चुनाबमा कुन मुख लिएर भोट माग्न जाने कम्रेड?

  7. कमरेड योगेश का कुरामा मेरो शतप्ति अाशिक सहमति छ,बुंदा नं १ मा थोरै परिवर्तनको अावस्यकता देखें।त्यहाँ केपि,माधव,प्रचण्ड र झलनाथ बाहेकका व्यक्तिलाई प्रधानमन्त्री बनाउने र अरु तपाईंले भनेको जस्तै गरी काम गर्ने हो भने सबै कुरा ठिक हुन्छ ,यो जात्रा पनि सकिन्छ ।

Leave a Reply to Madhab Bidrohi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर