जब घनश्याम भुसालले फोनबाटै मोतिपुर करिडोर शिलान्यास राेक्न चेतावनी दिए – Nepal Press

जब घनश्याम भुसालले फोनबाटै मोतिपुर करिडोर शिलान्यास राेक्न चेतावनी दिए

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता तथा सांसद घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोरको शिलान्यास नगर्न चेतावनी दिएको खुलेको छ ।

भुसालले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलाई फोन गरेर शिलान्यास कार्यक्रम नगर्न चेतावनी दिएको बस्नेतले जानकारी दिएका छन् ।

‘मलाई माननीय ज्युले फोन गरेर मोतिपुर करिडोरको शिलान्यास कार्यक्रम रोक्न दवाव दिनुभयो,’ बस्नेतले भने, ‘यो राजनितीक विषय हो तपाईंले शिलान्यास रोक्नुस् अन्यथा अवरोध गर्न म आफैं आउनु पर्ला भन्नुभएको थियो ।’

करिडोरको शुक्रवार अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहीवार बिहान करिडोर शिलान्यासको बिरोध गर्दै स्थानीयका नाममा भएको पत्रकार सम्मेलनमा पनि भुसाल र उनका स्वकीय सचिवको हात रहेको बताइन्छ ।

शिलान्यास गर्ने तयारी गरिएको मोतिपुर औद्योगिक करिडोर क्षेत्र भने भुसालको निर्वाचन क्षेत्रमा पर्दैन ।


प्रतिक्रिया

One thought on “जब घनश्याम भुसालले फोनबाटै मोतिपुर करिडोर शिलान्यास राेक्न चेतावनी दिए

Leave a Reply to Durga Prasad Rijal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर