एसिड आक्रमणविरुद्धकी योद्धा मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार – Nepal Press

एसिड आक्रमणविरुद्धकी योद्धा मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी मिसनले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने राजदूत र्‍याण्डी बेरीले जनाएका छन् ।

हाल १५ औं संस्करणमा रहेको सो पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शाान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर