शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामीको चेतावनी – Nepal Press

शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी । तीनपल्टसम्म भूकम्पको शक्तिशाली धक्का महशुस भएपछि न्युजिल्याण्ड सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।

राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा अप्रत्यासित छाल आउनसक्ने भन्दै सुनामीको चेतावनी दिएको छ ।

चेतावनीसँग ती क्षेत्रका नागरिकहरु उच्च स्थानमा पुग्ने प्रयासमा छन् । दक्षिण प्रशान्त द्वीप समूहमा रहेका न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउनसक्ने चेतावनी दिइएको छ ।

त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उट्नसक्ने बताएको छ । पेरु, चिली, इक्वेडर र अमेरिकाका केहि स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने बताइएको छ ।

अमेरिकाको हवाईस्थित सुनामी चेतावनी केन्द्रले समुद्रमा उच्च छाल देखिए पनि अहिलेसम्म कुनै नोक्सानी नभएको बताएको छ ।

दक्षिणी प्रशान्त महासागर क्षेत्रमा बिहीबार ७.२ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प गएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर