कालीकोटको जितेगडामा नौ महिनापछि फेरि सञ्चालन – Nepal Press

कालीकोटको जितेगडामा नौ महिनापछि फेरि सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटको जितेगडामा नौ महिना पछि फेरि सञ्चालनमा आएको छ । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरु कर्णाली पारी जान नसकिरहेको समयमा फेरि सञ्चालनमा आउँदा कालिकोट, बाजुरा, हुम्ला लगायतका नागरिकलाई सहज हुनेछ ।

गएको असारमा आएको अविरल वर्षासँगैको बाढीले फेरि बगाएपछि यातायातका साधन जितेगडासम्म मात्रै पुग्ने गरेका थिए ।

‘पहिले हामीले गाडी कर्णाली करिडोरमा चलाउँदा सबैलाई सजिलो भएको थियो। मान्छेहरुले सस्तोमा किन्न पाउँथे,’ ट्रक चालक सन्तोष कामी भन्छन्, ‘फेरि बनेछ अब पुनः सजिलो होला ।’

कर्णाली नदीमा पुल नहुँदा यात्रुवाहक वसहरु, मालवाहक गाडीहरु जितेगडामा नै झार्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय जगत शाही बताउँछन् । ‘यहाँबाट पारी गइसकेपछि उपभोक्ताले महंगो भाडा तिरेर रासकोट, पलाता जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब त्यो बाध्यता सकियो । अब नागरिकले सुर्खेतबाट सिधै आफू जाने स्थानसम्म सस्तो दररेटमा यात्रा गर्न पाउनेछन् ।’

उनका अनुसार सोही क्षेत्रबाट निर्वाचित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल फेरि सञ्चालन गर्न नीजि क्षेत्रलाई आग्रह गरेका थिए ।

स्थानीय अनन्त बरालले आफ्नो ब्यक्तिगत लगानी ५० लाख रकम खर्चेर फेरी सञ्चालनमा ल्याएका छन् । फेरी सञ्चालनपछि सम्पूर्ण कागजात, प्राविधिक स्टेटमेन्ट र कामको अनुगमन पश्चात प्रदेश सरकारले सहयोग गर्ने आश्वासन बरालले पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर