कार्य सम्पादन मूल्यांकन फारम छुटेका कर्मचारीको तत्काल पठाउन सरकारको परिपत्र – Nepal Press

कार्य सम्पादन मूल्यांकन फारम छुटेका कर्मचारीको तत्काल पठाउन सरकारको परिपत्र

काठमाडौं । सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको म्यादभित्र मन्त्रालयको बढुवा समितिको सचिवालयमा बुझाइसक्नुपर्नेमा कतिपय कर्मचारीको चालु आर्थिक वर्षसँगै अघिल्ला आर्थिक वर्षको समेत प्राप्त नभएको भन्दै यस्तो परिपत्र गरेको हो ।

मन्त्रालयले बिहिबार विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा मातहतका निकायलाई विवरण कार्यालयमा समयमै दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गरेको तर सम्बन्धित मूल्यांकनकर्ताबाट समयावधि भित्रै मूल्यांकन नभएको हकमा निजामती सेवा नियमावली २०५० बमोजिम मूल्यांकन गराइ बढुवा समितिको सचिवालयमा तत्काल पठाउन आग्रह गरेको छ ।

ति निकायमा कार्यरत राजपत्रांकित द्धितिय श्रेणीका सम्पूर्ण सेवा, समूह, राजपत्रांकित तृतिय श्रेणीका सम्पूर्ण सेवा, समूह, राजपत्र अनंकित प्रथम श्रेणी अन्तरगत नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इञ्जिनियरिङ सेवाका सिभिज इञ्जिनियरिङ, जनरल र नेपाल विविध सेवाकाका कर्मचारीको विवरण बढुवा समितिको सचिवालय तत्काल पठाउन परिपत्र गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर