आरसीटी र श्री कुमारी बराबरीमा रोकिए – Nepal Press

आरसीटी र श्री कुमारी बराबरीमा रोकिए

काडमाडौं । तेस्रो मिनेटमा लिएको अग्रताको बचाउ गर्न नसक्दा रानीपोखरी कर्नर टिम(आरसीटी) शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार श्री कुमारी क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तीन मिनेट नबित्दै अजित गुरुङले गरेको गोलसँगै आरसीटीले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा युवराज राईले श्री कुमारीका लागि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा दुवैतर्फबाट लगातार प्रयास गरे पनि फिनिसिङमा चुक्दा खेल बराबरीमा टुङ्गिएको हो ।

बराबरीसँगै ९ खेलबाट १३ अंक जोडेको आरसीटी लिग तालिकाको पाँचौं स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको श्री कुमारी नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर