कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो) – Nepal Press

कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पदले आफ्नो ढोका ढक्ढक्याए पनि अहिले संयमतापूर्वक झ्यालबाटै हेर्ने तर ढोका खोली नहाल्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकको छलफलका विषय सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले ढोका अहिले नै नखोलिने बताए ।

उनले भने, प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याएको छ । तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं । यसबारेमा हाम्रो प्रस्तुति के हुन्छ भन्नेबारे छलफल हुँदैछ ।

बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन् । नेकपाको प्रचण्ड-माधव पक्षले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेको छ । बैठकले विप्लव समूहसँग सरकारको वार्ता सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे प्रमुख विपक्षीलाई जानकारी नदिएकोमा असन्तुष्टिसमेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर