राष्ट्रियसभा अध्यक्ष भन्छन्–निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैंले क्रियाशीलता देखाउनुपर्छ – Nepal Press

राष्ट्रियसभा अध्यक्ष भन्छन्–निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैंले क्रियाशीलता देखाउनुपर्छ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैंले क्रियाशीलता देखाउनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए।

सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।  राष्ट्रिय सभा विना अवरोध सञ्चालन भए पनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनको भनाइ छ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको सातौं अधिवेशनसम्म आइपुग्दा २२२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर