विप्लवसँगको सम्झौता स्वागतयोग्य, रेशम चौधरीहरूसँग पनि वार्ता होस्: बाबुराम भट्टराई – Nepal Press

विप्लवसँगको सम्झौता स्वागतयोग्य, रेशम चौधरीहरूसँग पनि वार्ता होस्: बाबुराम भट्टराई

काठमाठौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार र नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई स्वागत गरेका छन् ।

विप्लवसँगको वार्तालाई स्वागतयोग्य भनेका भट्टराईले सांसद रेशम चौधरी र थारू विद्रोहका राजबन्दीहरूलाई रिहा गरेर सार्थक वार्ता गर्नुपर्ने बताएका छन्।

‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्। संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है । नत्र जो होचो उसको मुखमा घोचो हुनेछ।’

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको छ।

दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर