पुनः आक्रमण हुने त्रासमा अमेरिकी संसद स्थगित, वासिङ्टनमा कडा सुरक्षा – Nepal Press

पुनः आक्रमण हुने त्रासमा अमेरिकी संसद स्थगित, वासिङ्टनमा कडा सुरक्षा

वासिङ्टन- अमेरिकी संसद भवन क्यापिटल हिलमा पुनः आक्रमण हुन सक्ने भयले यहाँको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।

केही बन्दुकधारीले मार्च ४ मा आक्रमणको योजना बुनेको जासुसी निकायको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा तुल्याइएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

मार्च ४ को दिनमा यसअघि अमेरिकी राष्ट्रपतिले कार्यभार सुरु गर्ने दिनको रुपमा लिइन्थ्यो ।

सुरक्षाका कारण अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाको कार्वाही विहिबारलाई बन्द गरिएको छ । तर, सिनेटको कामकार्वाही पनि निरन्तर हुने जनाइएको छ ।

अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिएको एउटा भीडले दुई महिनाअघि संसद भवनमा आक्रमण गरेको थियो । ट्रम्पले अहिलेसम्म निर्वाचनमा धाँधली भएको तर्क प्रस्तुत गरिरहेका छन् ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी एफबीआइले हालै सार्वजनिक गरेको एक सूचनामा केही अज्ञात लडाकुले संसद भवनलाई नियन्त्रणमा लिने र डेमाक्र्याट संसदलाई कब्जामा लिने कुरा उल्लेख थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *