पहुँचवालाले आफ्नो क्षेत्र मात्रै विकास गरे, अब आवश्यकता हेरौं : विज्ञ थपलिया – Nepal Press

पहुँचवालाले आफ्नो क्षेत्र मात्रै विकास गरे, अब आवश्यकता हेरौं : विज्ञ थपलिया

सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले विगतमा पहुँचवाला नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास निर्माणमा ध्यान दिएका कारण नेपालको समानतामूलक विकास नभएको बताएका छन् ।

वीरेन्द्नगरमा नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कायृशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले अबको विकास पहुँचमा नभई आवश्यकताको आधारमा गर्नुपर्नेमा जोड दिए ।

‘अब पहुँचका आधारमा विकास गर्ने परिपाटी अन्त्य गर्न आवश्यक छ । कहिँ पाँच सय मिटरको फरकमा पुल बन्ने कहीँ पुल नहुँदा जनताले विकासको मुहार देख्न नपाउने अवस्था नेपालमा छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आवश्यकताका आधारमा विकास गर्ने नीति अवलम्बन गरेको छ ।’ उनले भने, ‘पहुंच वाला नेताले ज्ञापनपत्र पाएको खण्डमा मात्रै आवाज उठाउने प्रचलन अन्त्य गर्न सरकार लागिरहेको छ ।’

उनले नगर विकास कोष नगरपालिकासँग सहकार्य गर्न किन ढिला भएको भन्दै प्रश्न गरे । ‘यो संस्था हराएको हो वा नगरपालिकाहरुले वास्ता नगरेका हुन ? ’ उनले भने, ‘अनुदानमुखी भन्दा पनि अब नगरपालिकाले आन्तरिक स्रोत बढाउने नीति तय गर्नुहोस । नेपाल विकासशिल देश हुँदैछ । भविष्यमा यहाँहरुले सोचेजस्तो अनुदान नआउन सक्छ । अब तपाईहरु कोषसँग, अन्य निकायसँग सहकार्य गरेर आन्तरिक आय बढाउने खालको योजनामा लगानी गर्नुहोस । यसले तपाईको नगरपालिकालाई आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।’

उनले कर्णालीमा कोषका योजनाहरु कम भएको बताउँदै यसलाई बढाएर लैजानुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर