बम भेटिएको सूचनापछि भारतको ताजमहल बन्द गराइयो – Nepal Press

बम भेटिएको सूचनापछि भारतको ताजमहल बन्द गराइयो

दिल्ली– बम भेटिएको खबर फैलिएपछि भारतको चर्चित पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ ।

सुरक्षाकर्मीले ताज महल खाली गराएका छन् भने तीनैवटा गेट बन्द गराइएको छ । त्यहाँ घुम्न पुगेका पर्यटकलाई पनि बाहिर निकालिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भेटिएको भनिएको बमलाई निस्क्रिय तुल्याउन भारतीय सेनाको बम डिस्पोजल टोली आगरा पुगेको छ । एक अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेर ताजमहलमा बम राखिएको भन्ने सूचना दिएका थिए ।

सूचना लगत्तै प्रहरीले ताजमहलबाट पर्यटकलाई बाहिर निकालेको थियो । बम राखेको सूचना दिने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । ती व्यक्तिले जागिर नपाएपछि निराश भएर प्रहरीलाई त्यस्तो सूचना दिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *