म्यानमार : सेनाविरुद्धको प्रदर्शनमा एकैदिन ३८ जनाको मृत्यु – Nepal Press

म्यानमार : सेनाविरुद्धको प्रदर्शनमा एकैदिन ३८ जनाको मृत्यु

याङ्गुन- सैन्य कूविरुद्ध म्यानमारमा चर्किएको प्रदर्शनमा बुधबार एकैदिन ३८ जना मारिएका छन् । म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन स्क्र्यानर बर्जनरका अनुुसार उक्त मुलुकबाट हताहतीका थप खबरहरु आउने क्रम जारी छ ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले हानेको गोली लागेर ती प्रदर्शनकारी मारिएका हुन् । एक फेब्रुअरीमा सेनाले शक्ति आफ्नो नियन्त्रणमा लिएपछि पछिल्लो समय सेनाविरोधी प्रदर्शन चर्कने क्रममा छ ।

प्रदर्शनकारीले सैन्य शासनको अन्त्य र नियन्त्रणमा लिइएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइको माग गरेका छन् । हिंसाको विरोधमा अन्तराष्ट्रिय समुदायले कडा निन्दा गरेपछि म्यानमार सेनाले त्यसलाई बेवास्ता गरिरहेको छ ।

बुधबारको घटनापछि बेलायतले शुक्रबार सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएको छ । अमेरिकाले भने म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

म्यानमारका छिमेकी मुलुकले प्रदर्शनलाई नियन्त्रणमा आग्रह गरेको एकदिनपछि बुधबारको उक्त घटना भएको हो । राष्ट्रसंघका अनुसार कू भएयता चर्किएको हिंसामा कम्तीमा ५० को मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *