पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन – Nepal Press

पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन

काठमाडौं । आफ्ना सबै सांसदहरूलाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन प्रचण्ड-माधव पक्षीय नेकपाले निर्देशन दिएको छ।

स्थायी कमिटी सदस्य एवम् सांसद भीम रावलले आफूहरुलाई १२ बजे पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको जानकारी दिए।

हिजोको केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति बनाउन सांसदहरुलाई बोलाइएको बताइएको छ ।

सरकार परिवर्तनको चर्चासँगै देशको राजनीति तरल रहेका बेला सांसदहरूबीच कित्ता अदलबदल गर्ने क्रम भइरहँदा आफूपक्षीय सांसदहरूलाई एकढिक्का पार्ने प्रयास पनि प्रचण्ड-माधव पक्षले जारी राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर