चार सचिवले गरे अरुण–तेस्रो जलविद्युतको निरीक्षण, परियोजना निर्धारित समयभन्दा अगाडि नै सकिने – Nepal Press

चार सचिवले गरे अरुण–तेस्रो जलविद्युतको निरीक्षण, परियोजना निर्धारित समयभन्दा अगाडि नै सकिने

काठमाडौ । लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीको टोलीले बुधबार संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजनाको निरीक्षण गरेको छ।

निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे स्थानीय सरोकारवालासँग छलफल समेत गरेको थियो ।

उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेका छन् ।

साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुसँग पनि छलफल गरेको हो ।

उक्त टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमलगायतको सहभागिता थियो ।

सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९०० मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ वर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर