दोस्रो लेगमा पुनरागमन गर्दै बार्सिलोना कोपा डेल रे को फाइनलमा – Nepal Press

दोस्रो लेगमा पुनरागमन गर्दै बार्सिलोना कोपा डेल रे को फाइनलमा

एजेन्सी । पहिलो लेगमा ब्यहोरेको २–० को हारबाट माथि उठेर दोस्रो लेगमा सेभियालाई ३–० ले पराजित गरी बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सनसनीपूर्ण सेमिफाइनल दोस्रो लेगमा मार्टिन ब्रेथवेइटेले अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोना ३२ औं कोपा डेल रे  उपाधि नजिक पुगेको हो ।

ओस्मान डेम्बेलेले खेल सुरु भएको १२ औं मिनेटमै गोल गरे पछि बार्सिलोानलाई दोस्रो गोल गर्न अन्तिम समयसम्म लागेको थियो । नियमित समयको इन्जूरी समयमा डिफेण्डर जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाले नाटकीय रुपमा खेल २–० ले जित्यो । २–२ को बराबरी भयो ।

त्यसअघि सेभियाका लुकास ओकाम्पोसले पेनाल्टीमा गोल गर्न सकेनन् । नियमित समयको अन्त्यतिर उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए ।

खेलमा ३० मिनेटको अतिरिक्त समय थपिँदा सेभिया १० खेलाडीमा समेटिएको थियो । मार्टिन ब्रेथवइटको डाइभिङ हेडर गोलमा परिणत हुँदा बार्सिलोनाले शानदार जित हासिल गरेको हो ।

बार्सिनाेलाले उपाधिका लागि एथ्लेटिकाे विल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ । यी दुईले पहिलो लेग १–१ को बराबरी खेलेका छन्, दोस्रो लेग आज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *