३९ अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्बमा सीमित


काठमाडौं । नेप्से परिसूचक बुधबार ३९ दशमलव २३ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २४१६.०१ विन्दुमा रोकिएको छ ।
बुधबार भएको कारोबारमा नेप्से परिसूचक २४१६.०१ विन्दुमा रोकिएको थियो । लगातार दुईदिनदेखि घटेको नेप्से परिसूचक आज भने भारी अंकले बढेको हाे ।
आज १ करोड १३ लाख ९२ हजार १३५ कित्ताको किनबेचमा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल टेलिकमको सबैभन्दा धेरै २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड रुपैयाँ बराबरको भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २६ करोड रुपैयाँ बराबरको भएको छ । यस्तै आज चन्दागिरि हिल्सको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
यसैगरी साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । आज एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६ प्रतिशतभन्दा माथिले घट्न पुगेको छ ।