सरकारको नेतृत्व गर्न कांग्रेस तयार छ : महामन्त्री कोइराला – Nepal Press

सरकारको नेतृत्व गर्न कांग्रेस तयार छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई निकास दिन कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस उभिने बताए ।

नेकपाको विभाजन नहुँदासम्म सत्ता समीकरणमा कांग्रेसको भूमिका नरहने भन्दै महामन्त्री कोइरालाले ओलीको कदमविरुद्ध रहेका दलहरुबीच सहकार्य हुनुपर्ने बताए ।

‘कांग्रेस र नेकपाको प्रचण्ड-माधव पक्ष मिलेर भएपनि ओलीजीलाई हटाउनुपर्छ । त्यसपछि मुलुकलाई निकास दिने र निर्वाचन गर्नसक्ने गरी कांग्रेस सरकारमा जानुपर्छ’, कोइरालाले भने । उनले नेकपाको औपचारिक विभाजनका लागि पनि कांग्रेसले प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नुपर्ने बताए । संयुक्त अविश्वास प्रस्तावबारे छलफल भइरहेको भन्दै डा.कोइरालाले मुलुकलाई निकास दिने विषयमा कांग्रेस मौन नबस्ने बताए ।

पूर्वसांसद स्व.एकनाथ रानाभाटको स्मृति सभामा सहभागी हुन कोइराला चितवन पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर