मोदीले बंगलादेश भ्रमण गर्ने, पश्चिम बंगाल चुनावलाई आफूतिर तान्ने प्रयास – Nepal Press

मोदीले बंगलादेश भ्रमण गर्ने, पश्चिम बंगाल चुनावलाई आफूतिर तान्ने प्रयास

दिल्ली- पश्चिम बंगालमा विधानसभा चुनाव नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्ने भएका छन् । विश्लेषकका अनुसार मोदीको ढाका भ्रमणले पश्चिम बंगालको मतुआ समुदायलाई बीजेपीतर्फ आकर्षित गर्न सक्छ ।

मार्च २६ देखि २७ सम्म मोदी बंगलादेशको भ्रमणमा निस्कने भएका छन् । कोभिड महामारीपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । गत मार्चमा कोभिडकै कारण उनको ढाका भ्रमण रोकिएको थियो ।

तर, यसपटकको उनको बंगलादेश भ्रमण ढाका विधानसभा चुनावसँग जोडिएको छ । मार्च २७ मा मोदीले मतुआ समुदायको थलोमा भ्रमण गर्नेछन् । यही मतुआ समुदाय बंगालमा २७ भन्दा बढी सिटमा निर्णायक भूमिका निभाउँछ ।

सोही दिनमा मोदीले बंगलादेशको गोपालगञ्जस्थित मतुआ समुदायका धर्मगुरु हरिचन्द्र ठाकुरको जन्मस्थल र उक्त समुदायको तीर्थस्थल समेत भ्रमण गर्नेछन् । मोदीसँग उक्त भ्रमणमा बीजेपी सांसद र मतुआ समुदायका प्रतिनिधि पनि सामेल हुनेछन् । सो अवसरमा मोदीले मतुआ समुदायसँग लक्षित केही नागरिकताको विषयमा निर्णय पनि गर्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर