११ वर्षीया बालिका सामूहिक बलात्कृत


दाङ । दाङको बबईमा एक ११ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् ।
बबई गाउँपालिका -५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार बेलुका छिमेकमा दही लिन जान लागेकी उनलाई ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिएर सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारका आरोपी क्रमश १२ र १३ वर्षमा छन् । उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ भने अत्यधिक रक्तश्रापका कारण किशोरीको लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।